Quick Inquiry
Kl Tower home
Kl Tower home user login LOGIN SIGNUP

5

FEB

केएल टावरको ‘रमाइलो  दसैँ–तिहार’उपहार योजना

केएल टावरको ‘रमाइलो दसैँ–तिहार’उपहार योजना

केएल टावरले दसैँ–तिहारका अवसरमा ‘रमाइलो दसैँ–तिहार’ उपहार योजना सञ्चालन गरेको छ । योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार पाउनेछन् । 

दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफक्युब सिनेमाको टिकट, एक हजार रुपैयाँबराबरको सपिङ भौचरका साथै आकर्षक उपहार उपलब्ध गराइने कएल टावरले जनाएको छ । त्यसैगरी, साप्ताहिक रूपमा गोयन्का ब्रान्डको रेफ्रिजेरेटर, वासिङ मेसिन, एलइडी टेलिभिजन, आइरन, हिटर, भ्याकुम क्लिनरलगायत सामग्री उपलब्ध गराइने बताइएको छ । 

योजनाअन्तर्गत बम्पर उपहारमा प्रथम उपहारस्वरूप एकजनालाई यामाहाको एफजेड एसएफआई भिथ्री मोटरसाइकल, दोस्रो उपहारस्वरूप यामाहाकै रे जेड आर स्कुटर तथा तेस्रो उपहारस्वरूप एकजनालाई ४ रात ५ दिनको बैंकक भ्रमणको प्याकेज उपलब्ध गराइने बताइएको छ । सान्तवना उपहारस्वरूप एकजनालाई टाइमेक्सको घडी प्रदान गरिने बताइएको छ । 

योजनामा सहभागी हुनका लागि कम्तीमा १ हजार रुपैयाँबराबरको सामान खरिद गर्नुपर्ने बताइएको छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरेपछि उपभोक्तालाई कुपन उपलब्ध गराइने र कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने बताइएको छ । १ असोजदेखि सुरु भएको योजना २५ कात्तिकसम्म चल्नेछ ।